|

विराटनगर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन माग गरेकी छन्। उनले पहिचानविरोधी नामकरण गरे आफूहरुलाई स्वीकार नहुने दाबी गरेकी छन्। 

सोमबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै सांसद तुम्बाहाम्फेले पहिचानविरोधी नामकरण गर्ने निर्णय भए त्यसलाई मान्न नसकिने बताइन्। उनले संघीयता पहिचानकै लागि आएकाले त्यसमा ध्यान दिन सबै दललाई आग्रह गरेकी छन्। 

विशेष समयमा उनले भनिन, 'अरुणपूर्व लिम्बुवान र अरुण पश्चिम खम्बुवानलाई तत्कालीन राज्यले मान्यता दिएको हो, लिम्बुवानी जिउँदो भूमि हो, विगतमा भएका सम्झौता लागू हुनुपर्छ।’

उनले ऐतिहासिक नामकरण गर्ने हो भने लिम्बुवान, खम्बुवान र किरात हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले पहिचानको मुद्दा कमजोर पार्ने वा ओझेलमा पार्न खोजे मान्य नहुने र आफूहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिइन्। प्रदेशमा बहुजातीय र बहुपहिचानको आधारमा नामकरण हुनुपर्ने र देश संकटमा परेको अवस्थामा प्रदेशको नामकरण प्रस्ताव गर्दा हतारो गर्नु भनेको संघीयता र गणतन्त्र नै समाप्त गर्ने योजना भएको  उनको भनाइ थियो। 

उनले कोरोनाको बाहनामा जनता आन्दोलनमा आउन सक्दैनन् भनेर मुख्यमन्त्रीले नामको प्रस्ताव ल्याएको पनि आरोप लगाइन्। उनले  जबरजस्ती गरेर प्रदेश १ को नाम कोसी र सगरमाथा राखिए सरकारले जनताको भीडलाई थेग्न नसक्ने चेतावनीसमेत दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.