|

काठमाडौं : एएनएको वार्षिक उत्सवको अवसरमा आगामी जुलाई ३ मा उत्तर अमेरिकाव्यापी खुला कविता प्रतियोगिता हुने भएको छ। 

उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूका लागि उक्त प्रतियोगिता आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले बताए।

प्रतियोगितामा सहभागी हुन २०० शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जुन २८ सम्म पठाउनु पर्नेछ। अनेसासको सहआयोजनामा हुने प्रतियोगिताको संयोजकको वरिष्ठ उपाध्यक्ष पूजालाई दिइएको छ।
उनका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन उत्तर अमेरिकाकै तीनजना निर्णायकलाई छनोट गरी वाचनका लागि उत्कृष्ट १० कविको नाम सार्वजनिक गरिने छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३००, २०० र १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.