|

काठमाडौं : अर्जेन्टिना कोपा अमेरिका फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ। 

आज विहान भएको खेलमा अर्जेन्टिनाले पारग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा उपाधि दावेदार अर्जेन्टिनाले समूह ‘ए’ को तेस्रो खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो।

ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो।

खेलको १० औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। त्यसअघि आठौं मिनेटमा गुस्ताभो गोमेज र रोबर्ट पिरिसको समन्वय नमिल्दा सर्जियो अगुएरोले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

१८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले अवसर पाए पनि सदुपयोग गर्न सकेन। एक गोलले पछि परेको पाराग्वेले बल पोसेसन राख्दै आक्रमण बुन्ने प्रयास गरेपनि अर्जेन्टिनाको बलियो रक्षापङ्ति तोड्न सकेन।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्जल डि मारियाले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाए। ५७औं मिनेटमा काकु र अल्मिरोनको समन्वयमा बनेको मुभमा काकुको प्रहारलाई क्रिस्टियन रोमेरोले क्लियर गरिदिदा पाराग्वेको बराबरी टारे।

६१औं मिनेटमा काकुकै कर्नरलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले पञ्च गर्दै बचाए। ७६औं मिनेटमा अल्भोसको पासमा एल्मिरोनले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई रोमेरोल ब्लक गर्दै संकट टारे। ८९औं मिनेटमा एल्मिरोनले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउँदा पाराग्वे बराबरीबाट चुक्यो।

यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ। अंक विहीन बोलिभिया पुछारमा छ। यहि समूहको अर्काे खेलमा उरुग्वे र चिलीले १–१ गोलको बराबरी खेलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.