|

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, मा आज एक बेवारिसे पुरुषको शव फेला परेको छ।

तराई मुलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको हो। चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र पहिचान खुल्न नसकेको पुरुष मृत भेटिएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।

स्थानीयवासीका अनुसार ती पुरुष १५/२० दिनदेखि नाढिमन ताल आसपास गाउँमा मागेर खाँदै हिँड्ने गरेका बुझिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.