|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने प्रस्ताव गाउँसभामा पेस हुने भएको छ। गाउँपालिकामा मंगलबार (आज) बसेको ६३ औँ कार्यापालिका बैठकमा सिस्नेलाई नगरपालिका बनाउने प्रस्ताव गाउँ सभामा पेस गरिने निर्णय भएको हो।

सिस्ने गाउँपालिकामा अहिले ८ वटा वडा रहेका छन्। त्यसमा सिस्नेको १ र २ नम्बर वडालाई टुक्र्याएर ४ वटा वडा बनाई जम्मा १० वटा वडा सहितको सिस्नेलाई नगरपालिका बनाउने योजना अघि सार्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए।  

प्रवक्ता केसीका अनुसार कार्यपालिका बैठकमा स्थानीय सरकार स्थापना भएदेखि हालसम्म भएका कामको साथै कोभिड नियन्त्रणमा गाउँपालिकाको भुमिकाकाको समीक्षा गरिएको छ। यस्तै आगामी आर्थिक वर्षको लागि वडामा दिइएको बजेट सिलिङ, नीति तथा कार्यक्रमको बारेमा र विपद् व्यवस्थापन सम्बन्धी विषयमा पनि छलफल गरिएको छ। 

बुधबार (भोलि) नयाँ आर्थिक वर्षको योजना तथा बजेटको बारेमा टुंगो लगाउने गरी मंगलबारको बैठक स्थगित गरिएको गाउँपालिकाले जनाएको छ। बुधबार मध्याह्न १२ बजे पुनः बैठक बस्ने गरी मंगलबारको बैठक सकिएको प्रवक्ता केसीले जानकारी दिए।

हाल रुकुमपूर्वमा पुथाउत्तरगंगा, भूमे र सिस्ने गरी तीन गाउँपालिकाको मात्र रहेको छ।

यस्तै पुथाउत्तरगंगा र भूमे गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (भोलि) गर्दै छ भने सिस्नेले असार १० गते नै नीति तथा कार्यक्रमसँग बजेट सार्वजजिक गर्ने बताएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.