|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजीरविपरित फैसला गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका २० जना मन्त्रीको नियुक्ति बदर गर्ने आदेश दिएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो। 
उनले सामाजिक सञ्जालमा लेखेका छन्,  आफ्नै नजीरविपरित फैसला !  '२०७४ असोज र ०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो? आफ्नै नजिर र व्याख्या विपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ। संविधान र कानुनको व्याख्यामा यस्तो परस्पर विरोधी अभ्यासले कहाँ पुर्‍याउने होला?'

२०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव घोषणा गरेपछि पनि मन्त्री नियुक्ति गरेकाे र त्यसको  बदर माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चले हस्तक्षेप गर्न नमिल्ने र यसको  अधिकार निर्वाचन आयोगको बताएको थियो।

न्यायाधीश दीपकराज जोशीको इजलासले यस्तो फैसला गरेको भन्दै सल्लाहकार थापाले आदेशको प्रतिलिपि राख्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका हुन्। 

त्यस्तै थापाले  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सर्वोच्च अदालतको फैसला हुबहु मिलेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

प्रेस सल्लाहकार थापाले लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु? माधव–ंरावलका वक्तव्य र भाषण श्रीमान् राउतको फैसलामा हुबहु? यो के भएछ?’

पछिल्लो समय अदालतले प्रधानमन्त्री ओलीका निर्णय एकपछि अर्को बदर गरिरहेको छ। मंगलबार सर्वोच्च अदाललते पुनर्गठित मन्त्रिपरिषद् बदर गरेसँगै २० मन्त्री बर्खास्त भएका छन् भने प्रधानमन्त्री ओलीसमेत अब उनको सरकार ५ सदस्यीय बनेको छ। 

यसपछि मंगलबार राति प्रधानमन्त्री ओलीले निवर्तमान मन्त्रीहरूसँग छलफल गर्दै अब कसरी सरकार चलाउने भनेर निराशा व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.