|

काठमाडौं : हालसम्म कोभिडविरुद्ध पहिलो डोज खोप लगाउने संख्या २५ लाख ५६ हजार एक सय २९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार कोभिसिल्ड १८ लाख २८ हजार चार सय ८४ र भेराेसेल खोप ७ लाख २७ हजार ६ सय ३९ जनाले लगाएका छन्।

७ लाख ३९ हजार ६ सय ७० जनाले भने दुवै डोजको मात्रा लगाएका जानकारी दिए। ‘६५ वर्षमाथिका करिब १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको प्रतीक्षामा छन्,’ उनले भने, ‘हामीले विभिन्न देशबाट खोप ल्याउने पहल गरिरहेका छौं,' पाैडेलले भने। 

निषेधाज्ञा खुकुलो भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबै सर्वसाधारणलाई उनले आग्रह गरे। सरकारले माघ १४ गतेबाट खोप लगाउने अभियान सञ्चालन गरेकाे थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.