|

काठमाडौं : न्युजिल्याण्डले पहिलो संस्करणको आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले उपाधि उचालेको हो।

भारतले दिएको १ सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले ४५.५ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। न्युजिल्याण्डको जितमा कप्तान केन विलियम्सन अविजित ५२, रस टेलरले नटआउट ४७, डेभ्न कन्वेले १९ र टम लाथमले ९ रनको योगदान दिए।

बलिङमा रविचन्द्र आश्विनले २ विकेट लिए।

यससँगै न्युजिल्याण्डले इतिहाससमेत रहेको छ। न्युजिल्याण्ड पहिलो संस्करणको आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जित्ने टिम बनेको छ। १ सय ७० रन जोड्दै अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो।

भारतका लागि ऋषभ पन्तले ४१, रोहित शर्माले ३०, रवीन्द्र जडेजाले १६, चेतेश्वर पुजारा, अजिंक्य रहाणेले १५–१५, कप्तान विराट कोहली, मोहम्मद शामीले १३–१३ रन बनाए।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन, काइल जेमिसनले दुई र नील वाग्नरले एक विकेट लिए।

यसअघि पहिलो पारीमा न्युजिल्याण्ड २ सय ४९ रनका अलआउट भएको भएको थियो।

उसका लागि डेभन कन्वेले ५४, कप्तान केन विलियम्सनले ४९, टम लाथमले ३०, टिम साउथीले ३०, काइल जेमिसनले २१, कोलिन डीग्रान्डहोमले १३ र रस टेलरले ११ रन बनाए।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

बलिङमा मोहम्मद शामीले चार, इशान्त शर्माले तीन, रविचन्द्रन आश्विनले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय १७ रन जोड्दा अलआउट भएको थियो।

उसका लागि उपकप्तान अजिंक्या रहाणेले ४९, कप्तान विराट कोहली ४४, रोहित शर्मा ३४, शुभमन गिल २८, रविचन्द्र आश्विनले २२, रवीन्द्र जडेजाले १५ रनको योगदान दिए।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

भारतलाई सस्तैमा समेट्ने क्रममा काइल जेमिसनले घातक बलिङ गरे। उनले २२ ओभर १२ मेडनसहित ३१ रन खर्चिएर ५ विकेट लिए। उनले विराट, रोहित, ऋषभ पन्त, जसप्रीत बुमराह र इशान्त शर्माको विकेट लिएका हुन्। यस्तै, नील वाग्नर र ट्रेन्ट बोल्टले दुई–दुई र टिम साउथीले विकेट लिए।

न्युजिल्याण्डले ट्रफीसहित १६ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ५ लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता बनेको भातरले ८ लाख अमेरिकी डलर अर्थात् करिब ९ करोड ३७ लाख रुपैयाँमै चित्त बुझाएको छ।

यसका साथै टेष्ट च्याम्पियनसिपको तेस्रो स्थान हासिल गर्न सफल अष्ट्रेलियाले ४ लाख ५० हजार डलर, चौथो स्थानको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर र पाँचौं टिम पाकिस्तानले २ लाख डलर पुरस्कार स्वरूप पाए।

यस्तै, टेष्ट च्याम्पियनसिपमा सहभागी अन्य टिमले १ लाख डलर प्राप्त गरेका छन्। आईसीसी विश्व टेष्ट च्याम्पियनसिपमा ९ वटा टोलीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.