|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालीकोटमा कालो झण्डा देखाइको छ।

 बिहीबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई कालो झण्डा देखाएर विरोध गरेका हुन्।

कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदै गर्दा कालो झण्डा देखाइएको हो। मुख्यमन्त्री शाही र कृषिमन्त्री कुर्मराज शाही स्थानीय तहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालीकोट पुगेका थिए।

मुख्यमन्त्री र मन्त्रीलाई सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर गृह जिल्ला कालीकोट आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ।

उक्त विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.