|

बैतडी : भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि निषेधाज्ञा जारी रहेको छ।  जिल्लामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाको समयमा सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइएको छ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न नपाइने जनाइएको छ। तर, निषेधाज्ञामा पनि यहाँ विकास निर्माणका कामहरु धमाधम भइरहेका छन्। चालु आर्थिक वर्षमा सक्नुपर्ने कामहरु असार महिनाभित्रै सक्नुपर्ने भएकाले पनि निषेधाज्ञामा पनि  विकास निर्माणका कामहरू धामधम सञ्चालन भइरहेका हुन्।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने भनेर जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार नै यहाँ निर्माणका कामहरू सञ्चालनमा रहेका छन्।

केही फोटोहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.