काठमाडौं : असर १ गते आएको मेलम्ची खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गर्यो। बाढी पीडितको अवस्था दयनिय बनेकाे छ। बाढी प्रभावितहरू बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेका छन्।
पीडितहरू बाढीले पुरेको घरबाट लेदो निकालेर फेरि त्यहीँ बस्ने तयारी गर्दैछन् भने केही जायजेथा गुमेपछि सरकारको मुख ताकिरहेका छन्। बाढीले हेलम्बु गाउँपालिकामा मात्रै ८० प्रतिशत क्षति गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।
१० दिनदेखि हेलम्बु क्षेत्र अस्तव्यस्त छ। विद्युत, सडक सञ्जालको सम्पर्क टुटेको छ। विद्युत सुचारू नहुँदा सञ्चार सम्पर्कमा समेत समस्या आएको छ।
मेलम्ची बजारका सर्वसाधारण पनि बिस्तारै लयमा फर्किने प्रयत्न गरिरहेका छन्। पीडितको व्यवस्थापन गर्न नगरपालिका प्रतिबद्ध रहेको मेयर डम्बर अर्याल बताउँछन्।
मेलम्ची खोलामा आएको बाढीले अर्बौंको क्षति पुगेको छ। बाढीमा चार जनाको शव फेला परेको छ भने २० जना अझैं बेपत्ता छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।