|

भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना संक्रमित भएका हुन्।

 संक्रमणमुक्त भएकाहरुको संख्या भने थप संक्रमितको संख्याभन्दा बढी रहेको छ। अधिकारीहरुका अनुसार सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या ६४ हजार ८१८ रहेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ।

 भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन्। ती मध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना संक्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेका छन्। कुल संक्रमित मध्ये ९६.७२ प्रतिशत मानिस कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको तथ्यांकले देखाएको छ।

ती मध्ये १.३१ प्रतिशतको मात्रै मृत्यु भएको छ। भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ। यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.