|

भक्तपुर : आज असार १५। आजको दिन रोपाइँमा रमाउँदै दही चिउरा खाने लोक परम्परा छ। केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ।

असार १५ को अवसरमा दही चिउरा खाने परम्पराले बजारमा दहीको उच्च माग हुने गरेको छ। त्यसैले दही व्यवसायीलाई उक्त दिन आउन अघि नै दही बनाउन भ्याइनभ्याइ हुने गर्दछ।

भक्तपुर जुजु धौ प्रसिद्ध रहेको छ। जु जु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटारो हो। दही बनाउने विशेष विधि मात्र होइन यसको स्वाद र गुणस्तरका कारण पनि यो लोकप्रिय छ। जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो। माटोको कटारोको दही घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो।

जुजु धौ बनाउन गाई भैंसीको उच्च गुणस्तरको शुद्ध दुधको आवश्यक पर्दछ। अन्य दुधको तुलनामा चिल्लोपना बढी भएको दुधलाई कराईमा अत्यन्त बाक्लो हुने गरी उमाल्ने र त्यसपछि माटोको कटारोमा राखेर विविध मसला मिसाई धानको भुसमाथि राखेर जु जु धौ तयार गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.