|

म्याग्दी :  वर्षा ऋतुको सुरम्य वातावरण छ। पाखामा भर्खर घाँसका मुनाहरू हरियाली बनेर हुर्कंदैछन्। वस्तीका खेतबारी, वनजंगलका पाखा पखेरा र खर्कमा हरियाली छाएको छ।

कोरोना कहरका कारण मानिस घरको चौघेराभित्र खुम्चिएर रहन बाध्य भए पनि  पशु चौपाया चरनमा व्यस्त छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको पर्यटकीय स्थलको रुपमा परिचित रुईसे क्षेत्रका पाखाहरूमा यतिबेला पशु चौपायाहरू हरियाली पाखाहरूमा चरिरहेका छन्। यहाँ गाई, गोरु, भैसी संगै भेडाहरू समेत चरनका लागि लैजाने गरिन्छ।

मानवीय अतिक्रमणका कारण चरन क्षेत्रको अभाव हुँदै गए पछि पशुपालक कृषकहरू समस्यामा परेका छन्।

पहिलेका गौचरन अहिले व्यक्तिगत सम्पत्ति बनेका छन्। चरनको अभावमा यहाँका पशुपालक कृषकहरू पलायन हुने अवस्थामा पुगेका कृषकहरूले बताएका छन्। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.