'हामी यहाँ अरु कुनै चिजको लागि छौं'

|

काठमाडौं : जारी कोपा अमेरिकाअन्तर्गत आज (आइतबार) बिहानको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि सानदार ३-० को गोल अन्तरले जित निकाल्यो। 

क्वार्टरफाइनलमा इक्वेडरलाई हराएर अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँगको भेट पक्का गरेको हो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको निकै चर्चा भयो। मेस्सीले उक्त खेलका सबै गोलमा योगदान दिए। 

पहिलो हाफको अन्तिमतिर (४० मिनेटमा) मेस्सीको सुन्दर पासमा रोड्रिगो डि पउलले आकर्षक गोल गरे। पहिलो हाफमा सब्सिच्युटबाट भई मैदान छिरेका जोवाक्विन कोरेराले लैजाँदै गरेपछि इक्वेडरका गोलकिपर हेरेन ग्यालिन्डेजले लडाएपछि मेस्सी पाएको उक्त बल पउललाई दिएका थिए।

पउलले गोलपोस्टमा रहेका दुई खेलाडीलाई मार्क गर्दै बल जाली चुमाएका थिए। सन् २०१८ बाट अर्जेन्टिनाको जर्समा अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनले २७ खेलबाट पहिलो डेब्यु गोल गर्न सफल भए।  

त्यसअघि मेस्सीले वान भर्सेस वानको अवस्थमा २२ मिनेटमा पाएको बल पोलमा लागेर फर्किएको थियो। 

तर दोस्रो गोल गर्न अर्जेन्टिनालाई निकै समय लाग्यो। निर्धारित समय सकिन जम्मा ६ मिनेट बाँकी छँदा मेस्सीले दिएको पासमा इन्टर मिलानका स्ट्राइकल लाैटेरो मार्टिनेजले दोस्रो गोल गरे। इक्वेडरका गोलकिपरले दिएको पास खोस्दै मेस्सीले मार्टिनेजलाई पास दिएका थिए। उनले उक्त पास निकै सुन्दर ढंगले सदुपयोग गरे। 

७४ मिनेटमा मेस्सीले डिएरियाबाहिरबाट गरेको प्रहार गोलपोस्टको छउबाट थोरैले बाहिरिएको थियो। 

८८ मिनेटमा अर्जेन्टिनाका एन्जेल डिमारियाले काउन्टर मार्फत बल दाैडाउने क्रममा इक्वेडरका पिइरो हिनाकिपेले लडाएपछि रेफ्रीले उनलाई पहेंलाोसहित रातो कार्ड दिएका थिए। डिमारियालाई फल गरेपछि पाएको फ्रिककिमा मेस्सीले निकै आकर्षक गोल गरे। जुन गोलको अहिले चाैतर्फी प्रशंसा भइरहेको छ। 

खेल सकिएपछि पत्रकारसमक्ष मेस्सीले भनेका थिए, 'यो एकदम गाह्रो खेल थियो, हामीलाई थाहा थियो कि हामी कसरी प्रतिद्वन्द्वी सामना गरिरहेका छौं।' 

उनले अगाडि भने, 'यो एक लडाइँ थियो, जबसम्म हामीले पहिलो गोल पाएनौं, खेल अलि अलग्गै थियो। तर सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि हामी अर्को चरणमा पुग्याैं।'

आफूहरू जितको खोजीमा भएको र फाइनलमा पुग्ने उनले विश्वास दिलाए। 

अर्जेन्टिनाले जारी कोपामा चार गोल गरिसकेका छन्। हाल उनको अन्तर्राष्ट्रिय गोल संख्या ७६ पुगेको छ। जुन विश्वका महान फुटबलर पेलेको भन्दा १ गोलले कम हो। पेलेसँगको बराबरीबारे उनले भने, 'म सधैं भन्छु व्यक्तिगत उपलब्धिहरू गौण हुन् र हामी यहाँ अरु कुनै चिजको लागि छौं।'

उनले अगाडि भने, 'उनीहरूले लगाएको कडा मेहनतको लागि म समूहलाई धन्यवाद दिन चाहन्छु। हामी धेरै दिनदेखि आफ्नो परिवारबाट टाढा छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.