|

रुकुम (पूर्व) : तत्कालीन विद्रोही नेकपा माओवादीका लडाकु र नेपाल प्रहरीबीच २०५६ असोज ६ गते राति महतमा ठूलो भिडन्त भएको ठाउँमा अहिले युद्ध फिचरमा उतार्न लागिएको छ।

विद्रोही पक्षका माओवादी लडाकु र राज्य पक्षका सेना, प्रहरीबीच भिडन्त भएको भूमे गाउँपालिका–६ महतमा अहिले युद्ध फिचरमा उतार्न लागिएको हो।

पछिल्लो पुस्ता र अन्य बाहिरी व्यक्तिहरूका अध्ययनका साथै पर्यटकको आकर्षणमा टेवा पुर्‍याउने उद्देश्यले धेरै पटक दुवै पक्षबाट भिडन्त भएको महतमा युद्ध फिचर निर्माणको अवधारण लिई काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए। हाल युद्ध फिचरको पहिलो चरणको एक भिडन्त भइरहेको अवस्थालाई उतारिएको एक मोडल तयार पारिएको छ।

युद्ध फिचर निर्माणलाई पूर्णता दिनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले १५ लाख रुपैयाँ बजेटले डिपिआर तयार गरिएको अध्यक्ष बुढाले जानकारी दिए। त्यसलगत्तै चालु आर्थिक वर्षमा स्थानीय साझेदारी पूर्वाधार कार्यक्रमको २० लाख बजेटबाट थप फिचरअन्तर्गतको सेन्ड मोडल बनाइराखिएको गाउँपालिका अध्यक्ष बुढाले बताए।

लडाकुहरूको सेन्ड मोडल

सेन्ड मोडलअन्तर्गतमा पहिलो चरण चालु आर्थिक वर्षमा महत चौकी आक्रमणका होल कमाण्डर हालका उप–राष्ट्रपति नन्दबहादुर पुन मगर (पासाङ)सहितको अन्य सहायक कमाण्डरहरूको सेन्ड मोडल निर्माणको काम भइरहेको युद्ध फिचर सेन्ड मोडल निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगरले जानकारी दिए।

महत चौकी आक्रमण तथा भिडन्तमा माओवादीतर्फका सेनालाई नेतृत्व गर्ने १ नम्बर प्लाटन कमाण्डर हरिबहादुर पुन (बरुण), २ नम्बर प्लाटन कमाण्डर होमप्रकाश श्रेष्ठ (हिमाल), स्क्वाइट कमाण्डर गजबहादुर बुढा मगर (शिखर), सेक्सन कमाण्डर निर्माण र स्वास्थ्यकर्मीका नेतृत्व गरेका कृष्ण रेग्मी गरी यस आर्थिक वर्षमा ६ जनाको सेन्ड मोडल बनाएर राखिएको छ।

व्यक्तिहरूको सेन्ड मोडल यस वर्ष ६ जनाको मात्र गरिन लागिएको छ। महत चौकी आक्रमणका लागि विद्रोही पक्षले गरेको पूर्व-तयारीका लागि हालका उप–राष्ट्रपति पुनले लडाकुलाई परीक्षण दिइराखेकोलाई पनि सेन्ड मोडलमा उतार्न थालिएको छ। यसैगरी त्यस बेलाको अवस्थाको महत चौकी र प्रहरीले गर्ने गरेको सेन्टरी पोष्ट एवं वरिपरिका गाउँलाई पनि वास्तविकतामा उतार्नका लागि त्यसको पनि सेन्ड मोडल तयार गरिराखिएको छ।

‘महत चौकी आक्रमणका क्रममा त्यसबाट डिएसपी ठूले राईलाई माओवादी लडाकुले नियन्त्रणमा लिएपछि उक्त आक्रमणले देशमा ठूलो चर्चा पाएको थियो’ गाउँपालिकाका अध्यक्ष बुढाले भने, ‘घटना क्रमलाई जीवित राख्न लागि महत युद्ध फिचर निर्माणको परिकल्पना लिइएको छ।’ बहुवर्षीय योजनाका साथ महत युद्ध फिचर निर्माणको भइरहेको गाउँपालिकाले जनाएको छ। 

लडाइँमा सहभागीहरूको सम्मान, सम्झना र नवपुस्ताका लागि इतिहास राख्न तथा संरक्षणका लागि यो काम थालिएको  र यसका साथै समग्र रूपमा युद्ध पर्यटनका रूपमा विकास गरिने महत युद्ध फिचरको परिकल्पना गरिएको बुढाको भनाइ रहेको छ ।

विद्रोही पक्षका लडाकु र राज्य पक्षका सेना, प्रहरी त मारिए नै, त्यहाँ भएका भिडन्तका कारण धेरै सर्वसाधारणले समेत अनाहक ज्यान गुमाए । भूमे–६ को महत गाउँ अर्थात् साबिक महत गाविसको ठूलो गाउँले १० वर्षे सशस्त्र युद्धका क्रममा धेरै लडाइँ, भिडन्त झेल्यो, उक्त युद्धका क्रममा महतका मात्रै ५८ जनाले ज्यानका छन्।

महत चौकी आक्रमणमा धेरै पटक लडाइँ पनि पछिल्लो पटक डिएसपी ठूले राईलाई नियन्त्रणमा लिई माओवादीले विजय प्राप्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.