|

झापा : विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ।

नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। 

विर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि वी एण्ड सी अस्पताल विर्तामोड पुर्‍याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.