|

काठमाडौं : साताको पहिलो दिन उकालो लागेको सेयर बजारमा सोमबार दोहोरो अंकले गिरावट आएको छ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सेयर बजार दोहोरो अंकले ओरालो लागेको हो।

सोमबार नेप्से परिसूचक ४४.९८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८५४.८४ को विन्दुमा झरेको छ। आइतबार नेप्से करिव ७५ अंकले उकालो लागेको थियो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले घटेर ५३४.८५ को विन्दुमा झरेको छ। कारोबार रकम भने बढेर १० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटा मात्रै हरियाली छाएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ।

लगानी समूह २.६५ अंकले घटेको आज बैंकिङ समूहमा १.१२ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, वित्त समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा २.१४ प्रतिशत, जीवन बीमा समूहमा १.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९१ प्रतिशत, लघुवित्त समूहमा १.३६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७० प्रतिशत, अन्य समूहमा १.४८ प्रतिशत र व्यापार समूहमा १.६१ प्रतिशतको गिरावट आएको छ। आज म्युचुअल फन्ड समूहमा ०.१३ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९ अर्ब ९८ करोड २६ हजार ५२६.९६ रुपैयाँमा किनबेच भएका छन्।

आज निर्धन उत्थान लघुवित्तको सर्वाधिक ४७ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ३४ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको आज राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको २९ करोड ६५ लाख रुपैयाँ, छिमेक लघुवित्तको २६ करोड ३६ लाख रुपैयाँ र नेपाल बैंकको २५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै मञ्जुश्री फाइनान्सको २४ करोड १३ लाख रुपैयाँ, ज्योति विकास बैंकको २३ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ९१ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको १९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सेन्ट्रल फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको बढोत्तरी भएको छ। यो दिन युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरियन्टल होटेलका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी कम्पनीका सेयरमूल्य पाँच प्रतिशत बढीले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.