|

जनकपुरधाम : प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि जनकपुरधाममा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ।

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि संयुक्त विद्यार्थी संगठनको अगुवाइमा आइतबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ।

संयुक्त विद्यार्थी संगठनले रेल्वे स्टेसनबाट निकालेको जुलुस भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनरपट्टी, जानकीचोक हुदैँ पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको फैसलाको भव्यपूर्वक स्वागत गरिएको हो।

जुलुस प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियु धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी युनियनलगायत संंगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

त्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको अगुवाइ महेन्द्रनगर मुख्य चोकमा दीप प्रज्वलन गरी खुसियाली मनाइएको थियो। 

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पजियारले भने, ‘संसद् विघटन कार्यको सर्वोच्चद्वारा खारेज गर्दै लोकतन्त्रको जित भएको छ। देशमा संविधान भएकोले देश नियम कानुनले चल्छ कसैले मनपरी गर्दैमा चल्दैन।’

दीप प्रज्वलन कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका युवाहरूको उल्लेख्य सहभागिता थियो।

जलेश्वरमा पनि स्वागत

महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित महेन्द्र चोकमा राष्ट्रिय युवा संघ नेपाल (माधव नेपाल समूह) महोत्तरी र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा सर्वोच्च अदालतको निर्णयको स्वागत गरिएको छ। अखिल क्रान्तिकारी महोत्तरी इन्चार्ज उचित दासको संयुक्त नेतृत्वमा मैनवत्ती बालिएको थियो। ​

गौशालामा पनि स्वागत

गौशालामा पनि सर्वोच्चको फैसलाको समर्थन गर्दै दीपावली मनाइएको छ। अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवम प्रदेश २ का संयोजक सूर्यनारायण साहको नेतृत्वमा विभिन्न युवाले खुसियाली साटेका हुन्। 

गौशाला नगरपालिकाको बजारस्थित गणेश मन्दिरको अगाडि मैनबत्ती प्रज्वलन गरिएको हो।

दीप प्रज्वलनका केही तस्बिहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.