|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। मंगलबार नेप्से परिसूचक १६.३४ अंकले उकालो लागेर २८७१.०३ को विन्दुमा उक्लिएको छ।

मंगलबार कारोबार रकम भने साढे पाँच अर्ब रुपैयाँ बढीको भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७४ अंकले बढेर ५३९.५२ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ४.०३ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.५४ प्रतिशतले बढेको मंगलबार बैंकिङ समूहमा ०.७३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५४ प्रतिशत, जलविद्युत समूहमा ०.५० प्रतिशत, लगानी समूहमा ०.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१६ प्रतिशत, अन्य समूहमा ०.४१ प्रतिशत, व्यापार समूहमा ०.२३ प्रतिशतको बढोत्तरी भएको छ। आज जीवन बीमा समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४.१० रुपैयाँमा किनबेच भएको छ। नेपाल बंगलादेश बैंकको सर्वाधिक ४५ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको मंगलबार एनआईसी एसिया बैंकको १९ करोड ९५ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ३० लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १७ करोड ६८ लाख रुपैयाँ, निफ्राको १२ करोड ५१ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १२ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ८७ लाख रुपैयाँ र ज्योति विकास बैंकको १० करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
वित्त कम्पनीहरुका सेयरधनीहरुले आज धेरै कमाएका छन्। यो दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आईसीएफसी फाइनान्सका सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। सीईडीबी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.