|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटवार्ता गरेका छन्। 

आज विहान श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएसँगै नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेटवार्ता भएको, तर के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए। 

जनै खटिरो आएको भन्दै केही दिनदेखि घरमै आराम गरिरहेका नेता नेपाल भने मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहणमा सहभागी भए।

एमालेमा एकताको प्रयास जारी नै रहेका बेला नेता नेपाल देउवाको शपथमा सहभागी भएको भन्दै उनको दलबाट चर्को आलोचना भइरहेको छ। देउवाको शपथमा भने निवर्तमान प्रधानमन्त्री ओली भने सहभागी भएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.