|

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीनिवास बालुवाटार छाडेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोटतर्फ लागेका हुन्। 

बालुवाटारबाट बालकोट जानेक्रममा पानी झरी नभनी एमालेका नेता कार्यकर्ता तथा समर्थकहरूले ओलीको समर्थनमा नाराबाजीसमेत गरेका थिए। 

कार्यकर्ताहरुले उनको समर्थनमा ‘अगाडि बढ केपी बा, हामी तिम्रो साथमा छौं’लगायत नारा लगाएका थिए। उनको स्वागतमा कौशलटारबाट बालकोट जाने सडक खाली गराइएको थियो। ठाउँठाउँमा स्वागतका लागि घडा राखिएका थिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.