|

इलाम : मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ। बुधबार दिउँसो अन्दाजी ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका ४ का वडा सदस्यसमेत रहेका ३६ वर्षीय राईको झापाको विएण्डसी अस्पतालमा  मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्डअन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभिरबाट  अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.