|

काठमाडौं : नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन्। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए। गृहमन्त्री खाँडसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश :

तपाईले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। आगामी दिनमा आफ्नो चुनौती के देख्नुभएको छ?

म एउटा नेपाली कांग्रेसको सिपाही हुँ। मुलुकको एउटा जिम्मेवार नागरिक पनि हुँ। त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु। जनप्रतिनिधिको रूपमा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मैले मिहिनेत गर्छु।

त्यसकारण मैले के अनुभूत गरेको छु भने यो मन्त्रालय आउनुभन्दा अगाडिदेखि नै सरकार सञ्चालन गर्ने क्रममा सरकारको बारेमा पहिलो अनुभूति दिने नै यो मन्त्रालय हो। सरकार छ भनेर। मानौँ, जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जानुपर्‍यो। त्यहाँ गृह मन्त्रालयमातहतको जिल्ला प्रशासन कार्यालय हुन्छ।

कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरू खटिनुपरेको छ। जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ। सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने। सबैको उपचार गर्ने। सबै संक्रमितहरूको जीवन बचाउँन त्यसका लागि सरकार दत्तचित्त छ।

त्यसैगरी, कहीँ केही प्रकोप भयो, त्यहाँ गृह मन्त्रालयको सुरक्षा निकाय पुग्नुपर्यो। त्यसले गर्दा जनतालाई सरकार छ, सरकार मेरो साथमा छ, दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो। त्यसको लागि नै म कार्यरत रहन्छु।

तपाईसग रक्षा मन्त्रालयको अनुभव छ, सुरक्षाको मनोबल बुझ्नुहुन्छ होला, कतिपय मानिसहरू राजनीतिक हस्तक्षेपका कारण सुरक्षाकर्मीको मनोबल सबैभन्दा कमजोर भएको छ। तपाईको भूमिका राजनीतिक हस्तक्षेप बढाउनमा केन्द्रित हुन्छ वा मनोबल बढाउनमा केन्द्रित हुन्छ?

गृह मन्त्रालयअन्‍तर्गतका राष्ट्रसेवकहरू होस् या नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरू हुनुहोस्, या शिक्षक, प्राध्यापक सबै हुनुहोस्, या सुरक्षा निकायमा कार्यरत अधिकृत र जवानहरू होस् सबैले मुलुकका निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याइरहनुभएको छ। तर हाम्रो मन्त्रालयमातहत भएका सम्पूर्ण सुरक्षाकर्मी र राष्ट्रसेवकहरूले आवश्यक परेमा २४ घण्टा खट्नुपर्छ। ज्यानको जोखिम राखेर गर्नुपर्छ। अहिले कोरोना महामारी छ। कहीँ बाढी छ। पानीमा नागरिक डुबिरहेको छ। बाढीले बगाइरहेको छ। पुलिसले त हाम्फालेर रेस्क्यु गर्नुपर्‍यो नि। उसले कोरोना महामारी छ भनेर मास्क खोज्न थाल्दैन नि।

जघन्य प्रकृतिको अपराधको अनुसन्धानका घटनाहरूको अनुसन्धानमा हुने गरेको राजनीतिक प्रभावले निष्कर्षमा नै पुग्न नसकेका अवस्था छन्। उदाहरणका लागि निर्मला पन्तको हत्याको घटनालाई नै हेरौ यस्ता विषयमा के भन्‍नुहुन्‍छ?

यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ। कुनै घटना घट्यो। नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ। उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ। तर त्यसको तथ्य छानविन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ।

फेरि छानविन भइरहेको बेलामा सबै कुराहरू छानविनका रिपोर्टहरू बाहिर ल्याउनु पनि उचित नहोला। किनभने कतिपय कुराहरू छानविन भइराखेको हुन्छ। पत्ता लगाउन खोजिरहेको हुन्छ। जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ।

त्यसकारणले त्यसको गोपनियता राखेको पनि होला। तर जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ। पुलिसले छानविन गर्नै सकेन। पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन विभिन्नस्तरबाट त्यो कुरा उठ्दाखेरी छानविन समिति बनाइदिऊँ भनेर मन्त्रालयले छानविन समिति बनाईदिन्छ। छानविन बनाउँदा पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ।

त्यसकारणले यसमा कतिपय यस्ता मुद्धाहरू होलान्, कतिपय यस्ता घटना होलान् जहाँ तथ्यगत छानविन गर्नुपर्ला। काहीँ संसदीय छानविन समिति चाहिएला। कहीँ न्यायिक छानविन समिति चाहिएला।

कहिँ प्रशासनिक छानविन समिति चाहिएला। तर कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउनेभन्दा पनि जनमानसमा उठेको आक्रोशलाई शान्त पार्नका लागि छानविन समिति बनाईदिएको घटनाहरू पनि होलान्।

त्यसकारणले कतिखेर साच्चै छानविन समिति बनाउने, कतिखेर पुलिसमाथि पूरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरू दिने कि त्यसमा तपाईंहरूले पनि मद्दत गर्नुस् म पनि लागौंला।

हिजो तपाईँ विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो। प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो। कयौँ घटनामा तपाईले आफैले प्रश्न गर्नुभएको छ। आज तपाई जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ। यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ?

घटना भयो। त्यतिखेर प्रश्न उठाइयो। जिज्ञासा उठाइयो। जानकारी सरकारसँग मागियो। किनकि आम नागरिकसँग, जनप्रतिनिधिसँग घटनाको बारेमा केही तथ्यहरू थाहा हुन्छ। केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुनसक्छ।

त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनतासमक्ष ल्याईयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो। तर सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो। विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ती प्रश्नहरूको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ।

त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकर कहिले प्रतिपक्षमा पुग्छ कहिले प्रतिपक्ष सरकारमा पुग्छ। त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ। र विगतको कतिपय सन्दर्भहरूलाई हामीले अध्ययन पनि गर्नुपर्दछ। र त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ।

तपाईका प्राथमिकताहरू केके हुन्?

पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो। किनकि यो राज्यप्रणालीको दुनियाँमा प्रादुर्भाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँभन्दा हाम्रो जीवनरक्षाको लागि हो। मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो राज्य प्रणालीमा सुरुवात गर्‍यो।

जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा मेरो पहिलो दायित्व हो, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मूल प्राथमिकता हो।

त्यसकारले विभिन्न घटना परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणको कारणले, जुनखालको हाम्रो अर्थ व्यवस्था पनि थिलथिलो भएको छ। यसैलाई नै हामीले प्राथमिकताको साथ अगाडी लाने हो। गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरू छन्। त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो।

तपाईँले पद वहाली गर्नुलगत्तै विभिन्न सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको थियो। के कुराकानी भएको थियो?

उहाँहरूले यो मन्त्रालयको सांगठनिक ढाँचा, यसको काम, कर्तव्य, कार्यक्षेत्रको बारेमा जानकारी गराउनुभयो। मैले आफ्नो अनुभवहरू र उहाँले जानकारी गराएको कुराहरूमा आफ्नो धारणाहरू राखें र सबैलाई धन्यवाद दिएँ।

त्यसपछि यो मन्त्रालय मातहतका सुरक्षा निकायहरूसँग आफ्नो–आफ्नो निकायमै छलफल हुन्छ। त्यसपछि विभिन्न तहगत विभागहरू छन् उनीहरूसँग पनि छलफल हुन्छ।

सशस्त्र प्रहरीको बिओपी स्थापनाको कार्य आक्रमक ढंगले अघि बढिरहेको छ। यसमा तपाईको प्राथमिकता के रहन्छ? प्रहरीको समायोजन, सरुवा बढुवाको बारेमा के छ?

बिओपीको बारेमा, नेपालको भूमिको रक्षा गर्ने काम हाम्रो हो। सरकारको हो। नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो। बिओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पुर्‍याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ। जहाँसम्म सरुवा, बढुवाको कुरा गर्नुभयो। त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्दछ भन्ने मेरो मान्यता हो। एउटा सामान्य नागरिकले पनि के भन्छ भने यसले राम्रो जनताको मन जित्ने काम गरेको छ।

त्यसको लागि मैले उहाँहरूसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईँहरूको जीवन रक्षाको लागि सरकार साथमा छ। मन्त्रालय तपाईँहरूको साथमा छ।  उहाँहरूलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौं।

जनतालाई सम्मानित गर्दै आफ्ना कामहरू सम्पन्न गरेको छ भने कतिपय जिल्लामा सिडियोलाई, राष्ट्रसेवक कर्मचारीलाई, पुलिस प्रशासकलाई अभिनन्दन गरेर खाँदा र मालाले ढाकेर पठाइदिएका पनि छन्। सम्मान गरेर बिदाई हुने बेलामा। कतिपय ठाउँमा साटाक सुटुक हिँड्नुपर्ने अवस्था पनि छ। यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ।

मैले यसमा अध्ययन गर्नै बाँकी छ। भर्खर आएको छु। सबैको सल्लाह मलाई चाहिन्छ, कसरी मैले जाने। बाहिर जनमानसमा के छ भन्दाखेरि बढुवामा व्याचका व्याच जम्प गराउनु राम्रो होइन भन्ने छ जनतामा।

एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठूला घटनाहरूलाई बढो गम्भीरताका साथ अनुसन्धान गरेर ठूलो स्याबासी लायक काम गरेकाहरूलाई काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो। नभएदेखि व्याचका व्याच मिचेर गर्नु राम्रो होइन भन्ने आम जनताको भनाई छ। त्यसप्रति म गम्भीर छु।

कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिलेसम्म पनि नपाएको अवस्था छ। यसबारेमा के गर्नुहुन्छ?

कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरू खटिनुपरेको छ। जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ। सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने। सबैको उपचार गर्ने। सबै संक्रमितहरूको जीवन बचाउँन त्यसका लागि सरकार दत्तचित्त छ।

त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरूले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरूको पनि उनीहरूको पनि जीवन रक्षाको दायित्व सरकारको हो।

त्यसका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने। आवश्यक प्रशिक्षण दिने। आवश्यक भ्याक्सिनहरू दिने। संक्रमित भइहाल्यो भने ति सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवनरक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ।

त्यसको लागि मैले उहाँहरूसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईँहरूको जीवन रक्षाको लागि सरकार साथमा छ। मन्त्रालय तपाईँहरूको साथमा छ।  उहाँहरूलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.