|

काठमाडौं : चालु आर्थिक वर्ष तथा धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

आज नेप्से ११.३३ अंकले उकालो लागेर २८८३.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०२ अंकले बढेर ५४१.४० को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये सात वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.३९ प्रतिशतले उकालो लागेको छ।

जलविद्युत समूह १.९८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३५ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत र व्यापार समूहमा ०.७८ प्रतिशतले वृद्धि भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४३ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.४५ प्रतिशतले घटेको आज विकास बैंक समूहमा ०.३३ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.१० प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

बिहीबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक ३६ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

एनआईसी एसिया बैंकको ३३ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको २३ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ।

यस्तै मञ्जुश्री फाइनान्सको २३ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड २ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १६ करोड १९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ३५ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ५५ लाख रुपैयाँ र अरुण काबेली पावरको १३ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

बिहीबार ङादी ग्रुप पावरका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमुल्य ९ प्रतिशत बढीले उकालो लागेको छ। आज सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमुल्य ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.