|

काठमाडाैं : युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ)  बाँडफाँड सम्पन्न भइसकेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार बेलुकी आईपीयाे बाँडफाँड गरेकाे जनाएको छ। संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने जनाइएकाे छ। जस अनुसार यूनियन लाइफको वेबसाइट https://unionlife.com.np/ बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट http://results.prabhucapital.com/ सिडिएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए। जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन्। आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको जनाइएकाे छ।

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यति नै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँट गरिएको छ।

बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गरेका छन्। योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ८० हजार ५ सयले १०/१० कित्ता शेयर प्राप्त गरेका छन् भने १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.