|

रूपचनदाइलाई श्रद्धा र आदरपूर्वक म 'रूपचनदाइ' नै भन्ने गर्थेँ।

उनमा अद्वितीय साहस थियो। उनी भन्ने गर्थ, 'आँट चाहिन्छ बाबु! आँटले जे पनि गर्न सकिन्छ।' उनी बलियो पनि उत्तिकै थिए। 

अहिलेको 'टिफिन टाइम'लाई त्यति बेला 'हाफ टाइम' भन्ने गरिन्थ्यो। एकपटक यस्तै बेला हामी सबै शिक्षकहरू जम्मा भएर गफ गर्दै थियौँ। 

रूपचनदाइको उपस्थितिमा त्यो फुर्सदको समय पनि निकै शिक्षाप्रद र उपयोगी हुनेगर्थ्यो हाम्रा लागि। उनका अनुभवहरू सुन्नु नै हाम्रा लागि पर्याप्त हुन्थ्यो, खुला किताब जो थिए उनी।

धेरै अघि, जुन बेला उनी कम्युनिष्ट पार्टीमा भर्खरै लागेका थिए, काठमाडौं वसन्तपुर डबलीमा भइरहेको विरोध सभामा उनी तत्कालीन सत्ताविरुद्ध आगो ओकल्दै रहेछन्। कुन सट्को हो, चारैतिरबाट प्रहरीले घेरा हालेको कसैले चालै पाएनछन्‌। जब धरपकड शुरू भयो-सबै भागाभाग्! 

उनलाई समात्न १० जनाजति प्रहरीको जत्था ​मञ्‍चमा उक्लिनै लागेको थियो, हत्तपत्त तल झरेर उनले कराँते किक र शटहरू यसरी हान्न थाले-ती प्रहरीहरू सबै तितरबितर भए। उनी उम्केर भित्री गल्ली र चोक हुँदै झोछेँबाट चिकँमुगलमा हुँदै साथीकहाँ पुगेर लुक्न भ्याएछन्। कथाझैँ लाग्ने एउटा रोमान्चक घटना!

हामीमध्ये कसैले भन्यो, 'सरलाई कराँते आउँदो रछ, हाम्लाई पनि सिकाइदिनुस्!'

'तिमेर्लाई त होइन, बरू विद्यार्थीहरूलाई चैँ सिकाइदिन्थेँ। ठूलो जोखिम छ यसमा। मलाई त थुन्छन् थुन्छन्, स्कूल नै बन्द गर्दिन बेर लाउँदैनन्, लौ! रूपचनले गोरिल्ला दस्ता तयार गर्न लाग्यो भनेर।' 

हो नि, कुरो त सिरीयस नै हो। तर, रूपचनदाइको आँट न हो, एक दिन उनले कराँतेको प्रशिक्षण शुरू गरेरै छाडे, स्कूलको घण्टीपछि। नभन्दै व्यापक होहल्ला भयो। अनेक थरीका खिचडी पाके। र, बाध्य भएर उनले त्यसलाई छाड्नैपऱ्यो आखिरमा।

यसैबीच, उनले आफ्नो नाम पनि फेर्न भ्याएछन्-रूपचन्द्र विष्टबाट 'रूदाने'। हुन त, रूदाने उनको समग्र परिचय हो : रूपचन्द्र, दामन, नेपाल।

जब चेतनाको स्तर नै साह्रै न्यून हुन्छ समाजमा, एउटा सानो झिँगाको टाउको जत्रो सिर्जनात्मक कामले पनि सिंगो हात्तीजत्रो अवरोध र विरोध खेप्नुपर्दो रहेछ। त्यस्तै भयो।

र, अर्को एउटा के भयो भने उनले विद्यार्थीको उमेर अनुसार घरबाट स्कूल आउँदा एकुन्टा बोल्डर (ढुङ्गा) ल्याउनुपर्ने नियम बसाले, स्कूलको भवन निर्माण गर्न। जनसहभागिताको एउटा नमूना कार्य थियो त्यो। तर, त्यसको पनि विरोध भएरै छाड्यो।

०००

एक जना महिला शिक्षक थिइन्, दार्जिलिङतिरकी। उनी उतै शिखरकोटमै रूपचनदाइको नजिकै बस्थिन्। उनी बसेको घरनेर एउटा खोल्सो थियो, बर्खामा पानी बग्ने, हिउँदमा सुख्खा। खोल्सो फराकिलो थियो, तल ठूल्ठूला बोल्डर ढुङ्गाहरू टन्नै भएको। 

एकदिन ती शिक्षक झ्यालमा बसेर तल स्कूलतिर हेर्दै रहिछन्, स्कूलतिरबाट रूपचनदाइ आउँदै रहेछन्। देखिन्-ती खोल्सोतिर लागेनन्। सोझै खोल्सोको डिलमा आए। आँखाले दुई-तीन पटक खोल्सोको चौडाइ नापे। अलिक पछि गए‍, अघि आए। दुई-तीनपटक यसरी पछाडि सर्ने र अगाडि आउने गरिसकेपछि चितुवाको गतिमा दौडेर आएर उनले त्यत्रो चौडाइको त्यो खोल्सो फुत्तै नाघेछन्। यता शिक्षक झन्डै बेहोश भएकी। पसिना खलखल बगेछ। आँखा तिर्मिरतिर्मिर भएछ। 

एकैछिनमा, सामान्य अवस्थामा फर्केपछि उनले देखिन, रूपचनदाइ लमक-लमक आउँदै रहेछन्, हात्तीको लस्काइमा।

उनले देखेको यो एउटा असामान्य दृश्य थियो। पछिसम्म पनि उनी भन्दै थिइन्, ‘अहिले पनि मलाई पत्याउन गाह्रो परिराख्या छ, आफ्नै आँखा अगाडी घटेको घटना भए नि!’
वास्तवमा ठीकै भन्थे उन-आँट्ने हो भने जुनसुकै काम गर्न सकिन्छ।

म रूसमा छँदै सुन्नमा आयो-रूपचन्द्र नारायणीमा फाल हालेर बेपत्ता भए रे! रूपचन्द्रलाई नारायणीले बगायो रे। रूपचन्द्र छैनन् रे अब यो संसारमा! हल्ला अनेक!

धेरै पछि फेरि सुन्नमा आयो, रूपचन्द्र देखा परे रे कैयौँ महिनाको अन्तरालपछि। धेरैको हृदयमा एउटा खुसीको लहर छायो। यद्यपी; थिए होलान् फाट्टफुट्ट दुई-चार जना केही, जसको हृदयलाई खुम्च्यायो होला त्यो समाचारले। 

रूपचनदाइ बहुआयामिक त थिए नै, त्यो अन्तरालपछिको उनको पुनरागमनसँगै उनको व्यक्तित्वमा एउटा अर्को दुर्लभ आयाम थपिएको थियो। त्यो थियो-उनमा आएको आध्यात्मिक जागरण।

०००

रूसबाट फर्केको महिना दिन पनि नबित्दै म उनलाई भेट्न पालुंग पुगेँ। पालुंगमा फेला परेनन्। हेटौंडा वा काठमाडौं तिर पो लागे कि? सोधेँ।

दामनतिरबाट भर्खरै आउँदै गरेको बसबाट शिखरकोटमा ओर्लेको एकजना यात्रुले भन्यो, ‘उनी त्याँ दामनमा छन् ऐले, मैले देखेको।’

ढुक्क भएर म दामन पुगेँ र उनलाई भेट्टाएँ। पढेर फर्किनेबित्तिकै भेट्न भनेर म उनीकहाँ पुगेकोमा साह्रै खुसी भए उनी। मलाई अँगालो हाल्दै भने, 'ल हिँड्, तँलाई खाजा ख्वाउँछु'।

अँगालोमै उनले मलाई माथि सीमभन्ज्याङ्गसम्म लिएर गए। त्यहाँ एउटी शेर्पिनी दिदीको होटेलमा पुर्‍याए र भने, 'बैनी, यो मेरो भाइ हो। ल यसलाई मीठो खाजा बनाएर खुवाऊ त। चौचौ बनाऊ डबल अन्डा हालेर। अनि चिया बनाऊ, बाक्लो दूधमा, पानी नराखीकन।'

उनको हुलिया पनि बदलिसकेको रहेछ। यो बीचमा। सुकिलो शर्ट-प्यान्टको ठाउँमा मैलो दौरासुरुवाल, थोत्रो कोट र शिरमा मैलो कट्कटिएको कालो टोपी! झुसे दाह्रीजुङ्गा र कपाल जिङरिङ्ग! ननुहाएको पनि महिनौँ बितेजस्तो! छोटकरीमा भन्नुपर्दा, गुफामा बस्ने एउटा असली जोगी! आश्रममा बस्ने, तिलक चन्दन र दसथरि माला भिर्ने गेरु बस्त्रधारी, ‘बाबा’ नामधारी, सम्भ्रान्त जोगी होइन।

यसैबीच, उनले आफ्नो नाम पनि फेर्न भ्याएछन्-रूपचन्द्र विष्टबाट 'रूदाने'। हुन त, रूदाने उनको समग्र परिचय हो : रूपचन्द्र, दामन, नेपाल।

मैले सोचेँ, यो त उनको बाहिरी परिचयमात्रै हो, नाम र ठेगाना मात्रै। उनको भित्री परिचय त महासागर जत्तिकै अथाह छ। मलाई लाग्छ-त्यसलाई थाहा पाउन पनि युगौँ लाग्नेछ।

सिद्धान्त र निष्ठाको उनी ज्वलन्त नमूना थिए। मेरो हातमा दुईटा मात्रै थमाइदिएर ३५ पैसा लिएर गए उनी। जाँदाजाँदै उनले स्पीकरबाटै भनेर गए, 'छोरोलाई स्याल नबना है, जीवन! बाघ बना। स्याल बनाइस् भने दुःख पाउँछ त्यसले।' 

त्यसपछि उनी मसँग गीता र उपनिषदका कुरा गर्दै थिए। तर, मेरो लागि त्यो भालुलाई पुराण सुनाएजस्तो थियो। के बुझ्नु? बरू अहिले अलिअलि बुझ्न थालेको छु र नबुझे पनि त्यसमा अलिअलि रस लिन थालेको छु।

उनले भनेको एउटा कुरा चाहिँ मैले अहिले पनि बिर्सेको छैन। उनले भनेका थिए, 'गीता र उपनिषदहरू पढ्नुपर्छ, पाठ गर्ने होइन, भट्याएर काम छैन, त्यसलाई मनन गर्नुपर्छ, चेतना बढ्छ।'

वाह! तर, भनिहालेँ नि, आफ्नो लागि त्यो कुरो भैँसीको अगिल्तिर बिन बाजा बजाएको जस्तो थियो।

त्यसपछि रूपचन्दाइसँग मेरो वर्षौंसम्म भेट भएन। यसैबीच मैले सरकारी जागिर खाएँ। उनी विद्रोही छवि बोकेको एक प्रखर राष्ट्रिय व्यक्तित्व बनिसकेका थिए। एउटा सरकारी जागिरेलाई उनलाई भेट्न जान अब ठूलै आँट चाहिन्थ्यो। त्यो आँट ममा थिएन। 

उनी एक सदाबहार रापस (राष्ट्रिय पञ्‍चायत सदस्य) थिए, कहिल्यै नहार्ने। म चाहिँ एउटा सरकारी अधिकृत थिएँ, स्वभावैले डरछेरुवा, दब्बु र त्यसैले 'हरूवा’। मलाई लाग्थ्यो, म रूपचन्द्रलाई भेट्न गएँ भने मेरो अगाडि-पछाडि १० जोर आँखाले मलाई घुरिरहेका हुन्छन्। मनको बाघको मात्रै कुरो थिएन त्यो। उनले पनि मेरो खोजी गरेनन्। म त्यहीँ थिएँ, उनकै हेटौंडामा।

र, एकदिन अचानक बिहान आठ/नौ बजेतिर क्वाटर (निवास) बाहिर लाउडस्पीकर बोलेको आवाज सुनियो। त्यो आवाजसँगै कसैले ढोका ढक्ढक्याएको आवाज आयो। ढोका खोलेँ। काँधमा झोला, हातमा हाते स्पीकर, एउटा धुस्रे-फुस्रे, तर खाइलाग्दो र ऊर्जाले भरिपूर्ण एउटा बलियो ज्यान लिएर सामुन्ने उपस्थित थिए रूपचनदाइ-माननीय रापंस रूपचन्द्र विष्ट। 

हाते लाउड्स्पिकरमा बोल्दै उनी भित्र पसे। मैले छोरो बोकेको थिएँ, सानै थियो। लाउडस्पिकरको आवाज सुनेर उ तर्सेर रुन थाल्यो। उसलाई उसको आमाको काखमा राखिदिएर म उनको स्वागत सत्कारमा जुटेँ। बसेनन् धेरैबेर र अनुरोध गरेको चियासम्म खाएनन्। भने, पछि खाउँला, अहिले फुर्सद छैन।

चुनाव नजिकिँदै थियो। उनलाई फुर्सद कहाँ? पम्प्लेट बाँड्न होइन, बेच्न आएका थिए उनी। मलाई लाग्छ-सानोको १० पैसा र ठूलो चाहिँको २५ पैसा थियो सायद। बिर्सेँ मैले।

मैले मुट्ठै किनेर राख्न खोजेको थिएँ, अरूलाई पनि बाँड्छु भनेर। उनले मानेनन्। सिद्धान्त र निष्ठाको उनी ज्वलन्त नमूना थिए। मेरो हातमा दुईटा मात्रै थमाइदिएर ३५ पैसा लिएर गए उनी। जाँदाजाँदै उनले स्पिकरबाटै  भनेर गए, 'छोरोलाई स्याल नबना है, जीवन! बाघ बना। स्याल बनाइस् भने दुःख पाउँछ त्यसले।' 

रूपचनदाइसँग मेरो अन्तिम भेट त्यही नै थियो।

०००

हेटौंडाको चार वर्षे बसाइमा उनीबारे अनेकन अपत्यारिला र रोमाञ्चकारी चर्चाहरू सुनिन्थ्यो। साँच्चै नै उनी कुनै दन्त्यकथाका मूलपात्रजस्तै थिए। 

एकपटक चुनाव प्रचारको सिलसिलामा उनी कुनै डाँडामाथिको गाउँमा जाँदै रहेछन्। तल फेदीमै एक जना बुढी आमै काँधमा बेसाहाको गह्रुङ्गो धोक्रो बोकेर स्याँस्याँ गर्दै उकालो लाग्दै रहिछन्। रूपचन्द्र पछिपछि आउँदै थिए। 

नजिकै पुगेर उनले बुढीआमैलाई सोधे, 'आमा, कहाँसम्म हो?'

बुढीले गाउँको नाम बताइन्। 'ल हिँड, सँगै जाउँ। म पनि त्यतै जाने हो। खै देऊ तिम्रो त्यो भारी, म बोकिदिन्छु।' बुढी आमैले डराउँदै धोक्रो दिइन्। चिनेको मान्छे भए पो! बाटोमा रूपचन्द्रले अनेक प्रश्न सोधे। उनले सोधे, 'चुनाव आउँदैछ, तिम्रा छोरा, नातागोताले कसलाई भोट दिन्छन् त?' 

'मेरा गामका मान्छेहरू त त्यो बहुलाजस्तो मान्निए (माननीय) को छ रे नि! रूपचन भन्ने, त्यसैलाई दिनपर्छ भन्छन् त।'

आयोजकहरूलाई पनि थाहा थियो, उनको भाषण अगाडि राखिदिने हो भने पछिसम्म कोही पनि पर्खेर बस्दैनन्। हुन पनि के देखिन्थ्यो भने, उनले बोलिसक्ने बित्तिकै मान्छेहरू यति छिटो तितरबितर हुन्थे, मानौँ उनीहरू मेशिन गनबाट छुटेका गोलीका पर्रा हुन्।

'एऽऽ' रूपचन्द्रले केही भनेनन्, तर, मनमनै सोचे होलान्, त्यो गाउँमा अब नगए पनि भयो। त्यो आफ्नै हो।

माऽथि भन्ज्याङ्गमा पुगेपछि धोक्रो बुढीको काँधमा राखिदिँदै उनले भने, 'तिम्रो गाउँ उऽ त्यै हो। तिम्रा छोराहरूले भनेको त्यो बहुला रूपचन भन्ने मान्छे मै हुँ। म चैँ यता लागेँ है आमै।' 

घर पुगेर ती आमैले भन्दै थिइन्‌ रे, 'खुट्टैमा ढोगिदिउँ जस्तो लाग्याथ्यो, फुत्त फुत्कि हाले। मैले हिँड जाम हामीकाँ भन्न पनि पाइनँ।'

उहिल्यै, पञ्‍चायत कालमा, वर्षको चारवटा राष्ट्रिय समारोहहरू हुन्थे-राजाको जन्मोत्सव, फागुन ७, पुस २७ र पुस १। पछि अर्को एउटा थपिएको थियो : रानीको जन्मोत्सव। हामी सेतो दौरासुरुवाल, कालोकोट, कालै टोपीमा सजिएर(र?) उर्दीमा जन्थ्यौँ। त्यहाँ पुग्नेबित्तिकै पहिले हस्याङ्फस्याङ गर्दै हाजिर नै ठोक्थ्य्यौँ। त्यसपछि ढुक्क! 

कतिजना त आँट गरेरै त्यताबाट भागी पनि हाल्थे। नभाग्नेहरूको नभाग्नुको पछाडि दुईटा कारण हुन्थ्यो। कार्यक्रमको समापनपछि छड्के हाजिर लिइदेला भन्ने डर एक ठाउँमा थियो भने त्योभन्दा पनि ठूलो अर्को कारण थियो : रूपचन्द्रको भाषण छुट्ला भन्ने डर। 

रूपचन्द्रको भाषणमा के थियो त्यस्तो आकर्षण? रूपचन्द्रको भाषण, अर्थात् एउटा ठूलै कौतुहल। त्यो कौतुहल मेट्न पनि धेरैले उनलाई सुन्न पर्खेर बसेका हुन्थे। 

वास्तवमा भन्ने हो भने अहिलेको हिसाबले उनका ती भाषणहरू खासै आकर्षणका विषय थिएनन्। तर, त्यतिबेला सबै वक्ताहरूले एउटा निश्चित फ्रेमभित्र बसेर, एउटा निश्चित ट्र्याकमा रहेर बोल्नुपर्थ्यो। बोल्नु के, भजन गाउनुपर्थ्यो। 

हामीले त्यही एउटै घिसिएको रेकर्ड अनगिन्ती पटक सुनि रहनुपर्थ्यो, पट्यारलाग्दो पाराले। तर, उनको भाषण न फ्रेमभित्र जकडिएको हुन्थ्यो, न त ट्र्याकलाई पछ्याइएको हुन्थ्यो। त्यसैले त्यसमा आकर्षण हुन्थ्यो। उनको भाषण सुन्न भनेपछि मान्छेहरू हिरिक्कै हुन्थे। पछिसम्मै पर्खेर बसेका हुन्थे। 

आयोजकहरूलाई पनि थाहा थियो, उनको भाषण अगाडि राखिदिने हो भने पछिसम्म कोही पनि पर्खेर बस्दैनन्। हुन पनि के देखिन्थ्यो भने, उनले बोलिसक्ने बित्तिकै मान्छेहरू यति छिटो तितरबितर हुन्थे, मानौँ उनीहरू मेशिन गनबाट छुटेका गोलीका पर्रा हुन्।

०००

सुनेको कुरो, कसैको पनि व्यक्तिगत काम उनी गर्दैनथे। अफिसमा एक जना भन्दै थियो, उसको एकजना आफन्तलाई त्यस्तै अप्ठेरो परेर रूपचन्द्रलाई गुहार्न पुगेछ, भन्सुन गरिदिनुपऱ्यो भनेर। उसको सातो लिएछन् रूपचन्द्रले। उसले पनि आँट गरेरै भनेछ, 'अनि, तपैँ हाम्रो मान्नीय हैन? हाम्रो प्रतिनिधि हैन?' 

उनको 'थाहा' अभियानले भलै मोमेन्टम (गति) लिन सकेन-जति लिनुपर्थ्यो। तर, के सबै किसिमका दरिद्रता र दुरावस्थाको चपेटामा जो छौँ हामी अहिले? त्यसको मूल कारण 'थाहा नपाउनु' नै होइन र? चेतनाको कमीले गर्दा होइन र?

'हो, तर, तेरो चैँ हैन, तिमेर्को हूँ। यो ठाउँको हूँ, यो देशको हूँ' उनले भनेछन्।

केटो पनि कम्ताको कहाँ थियो र? भनेछ, 'यो तिमेरूभित्र, यो ठाउँभित्र, यो देशभित्र म पनि त पर्छु नि माननीयज्यू।'

'त्यसो भए मलाई एउटा काम गरेर देखा न त। जा, टुँडिखेलभित्र तेरो भागमा जतिपर्छ, त्यसको कित्ताकाट गर्न लगा र त्यहाँ एउटा किलो गाडेर आइज। सिंहदरबारभित्र तैँले पनि कोठा पाउँछस्, तेरो पनि हो त्यो। जा, एउटा खाट राखेर आइज। सक्छस्?'

जनताको भोट पाएर व्यक्तिको काम गर्दै कोही हिँड्छ भने त्यो जनप्रतिनिधि होइन, 'व्यक्ति प्रतिनिधि' हो, यस्तै हुनेगर्थ्यो उनको भनाई। वास्तवमा जनप्रतिनिधिहरूले आफूले आफैलाई सोध्नुपर्छ-म जनप्रतिनिधि हूँ कि व्यक्ति प्रतिनिधि हूँ भनेर।

तर, भोटको राजनीति र लोभको राजनीतिले मान्छेलाई जनप्रतिनिधि होइन, व्यक्ति प्रतिनिधि बनाउँदै लगेको देखिन्छ।

तर भनसुनका लागि जानेहरूको पनि के दोष? के व्यक्तिगत हो र के सार्वजनिक हो भन्ने बुझेको भए पो? त्यसैले उनी स्पीकर फुकेर भन्ने गर्थे, राजमार्गका भित्ता भित्तामा लेख्ने गर्थे-थाहा चाहियो।

०००  

रूपचन्द्र विष्ट व्यक्ति होइन, संस्था थिए। जो स्वयम्‌ संस्थाभन्दा ठूलो छ-त्यो संस्थाभित्र कसरी अटाउन सकोस् त? उनी ज्यादै व्यापक र बहुआयामिक भैसकेका थिए।

शुरूमा त म उनका कुरा बुझ्दिनथेँ र कैयौँ वर्षसम्म बुझिनँ। अहिले आएर बल्ल अलिअलि बुझ्न थालेको छु-उनले त मानवीय चेतनाको कुरो पो गरेका रहेछन्।
 
उनको 'थाहा' अभियानले भलै मोमेन्टम (गति) लिन सकेन-जति लिनुपर्थ्यो। तर, के सबै किसिमका दरिद्रता र दुरावस्थाको चपेटामा जो छौँ हामी अहिले? त्यसको मूल कारण 'थाहा नपाउनु' नै होइन र? चेतनाको कमीले गर्दा होइन र?

(मीनभवन, काठमाडौं)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.