|
सांकेतिक तस्वीर ।

जाजरकोट : डोल्पो बुद्ध गाउँपालिका डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी रोकिएको छ। मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी नभएको हो।

सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पो बुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिए। उपल्लो डोल्पाको धो मा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन जाँदा स्थानीयवासीहरू जंगलको जडीबुटी संकलनका लागि गएका कारण आउन ढिला भएको उनको भनाइ छ।

शिक्षकहरूको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंगेनीले बताए। यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ जना र संघ संस्थाबाट १० जना शिक्षक गरी ३६ जना कार्यरत छन्।

सर्वसाधारण तथा उपभोक्ताहरू धोस्थित कार्यालयमा आउन ढिलाइ गरेको र आफूहरू दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उनको भनाइ छ।

गाउँपालिका भरीका शिक्षकको तलब समेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उनले बताए। मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा चिठी लेख्ने र आफै पनि जाने योजना रहेको उनले जानकारी दिए। यत्ता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीहरूले काम नगर्दा पैसा फिर्ता गएको बताए।

मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरेपनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उनको भनाइ छ। ३१ असार सम्मा सिस्टमले काम गर्ला भन्नेमा भएपनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उनको भनाइ छ। समयमा काम नगर्ने कर्मचारी तन्त्रका कारण जनताले दुख पाएको उनको भनाइ छ।

त्यस्तै, मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकम समेत भुक्तानी दिन नसकेको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताए। समय अभावका कारण भुक्तानी दिन नसकिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.