|

काठमाडौं : भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ। 

तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ। श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्। 

पछिल्लो ५ खेलमा भारत बलियो स्थितिमा छ। जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ। एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । ३ एकदिवसीय खेलपछि २५ जुलाईमा ३ वटा टी ट्वान्टी श्रृखंला सुरु हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.