|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको चरम अभाव भएको छ। वीरेन्द्रनगरका अधिकांश नागरिकहरूको घरमा नगरपालिकाले समयमै धारा जडान नगर्दा खानेपानीको चरम अभाव भएको हो।

यहाँका नागरिक खानेपानीका लागि करिब आधा घण्टा हिँडेर घण्टौँ लाइन बस्न बाध्य छन्। वर्षायाम सुरू भए पनि वीरेन्द्रनगर नगरपालिका–३ का धेरैजसो घरहरूमा खानेपानीको धारा जडान नहुँदा यसरी खानेपानीको समस्या भएको स्थानीयहरूको गुनासो छ।


 
वीरेन्द्रनगर–३ पतेनी रोडमा रहेको पतेनी धारामा पनी लिन पुगेकी खम्बिरा केसीले आफू बस्ने स्थानबाट करिब आधा घण्टाको बाटो हिँडेर आएकी बताइन्। 

‘म पानी लिन आएको बिहान ५ बजेनै हो, तर याहाँ आउँदा पानी भर्नेको लाइन लागिसकेको थियो,’ उनले भनिन्, ‘पानी भर्ने भाडाकुँडा यहीँ छोडेर घर फर्केर आउँदा पनि चार घण्टा बित्न लायो, बल्न पानी भर्ने पालो आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.