|

काठमाडौं : साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १३.८० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार ९ सय ९४.४२ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ५६०.७२ को विन्दुमा झरेको छ। आज कारोबार रकम पनि पौने १२ अर्ब रुपैयाँ बढीको भएको छ।

सोमबार नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। आज व्यापार समूह सर्वाधिक ५.२२ प्रतिशतले उकालो लागेको छ।

लगानी समूह १.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.५१ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७० प्रतिशत र अन्य समूहमा ०.७८ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक १.१७ प्रतिशतले ओरालो लागेको छ। होटल तथा पर्यटन समूह ०.४४ प्रतिशतले घटेको छ भने विकास बैंक समूहमा ०.४० प्रतिशत, जलविद्युत समूहमा ०.०५ प्रतिशत र लघुवित्त समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

सोमबार नेप्सेमा सूचीकृतमध्ये दुई सय १९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजारमा खरिद बिक्री भएका छन्। आज एनआईसी एसिया बैंकको सर्वाधिक ३५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको ३३ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको ३० करोड ९६ लाख रुपैयाँ, सिनर्जी पावरको २८ करोड ९९ लाख रुपैयाँ, एनएमबी बैंकको २७ करोड ६३ लाख रुपैयाँ, अरुण काबेली पावरको २७ करोड ३६ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २५ करोड ९५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २४ करोड ७१ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

सोमबार सिनर्जी पावर कम्पनीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ।

आज विशाल बजार कम्पनीको सेयरमूल्य पनि आज ९ प्रतिशत बढीले उकालो लागेको छ। आज गोर्खाज फाइनान्सका सेयर धनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.