|

बाग्लुङ : काठेखोला गाउँपालिका—५ बिहुँका इन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको छ। मंगलबार बिहान घाँस काट्न गएका उनी चिप्लिएर लड्दा घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको टाउकोमा गहिरो चोट लागेको थियो। उनी लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दै गरेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.