|

काठमाडौं : सेयर साताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ। उतारचढावका बीच मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले घटेर दुई हजार ९ सय ८४ विन्दुमा झरेको छ।

सोमबार नेप्से बढ्दा ११ अर्बको कारोबार भएकोमा मंगलबार नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि ७ अर्ब ८५ करोडमा खुम्चिएको छ। आज लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्यूटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाए। आइसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन्। 

नेपाल स्टक एक्स्चेजञ्जका अनुसार मंगलबार २ सय १९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ८८ लाख २० हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.