|

काठमाडाैं : नेकपा एमाले संस्थापन पक्षको युवा संघ नेपालले राजधानीमा प्रदर्शन गरेको छ। 

आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले बाँदरको भेषमा यसको विरोध गरेका हुन्। 

प्रधानमन्त्रीका रूपमा आफ्ना अध्यक्षलाई हटाएर कांग्रेसका सभापतिलाई विश्वासको मत दिएको भन्दै नेपाल पक्षप्रति व्यंग्य गर्दै उनीहरूले त्यसयता प्रदर्शन गरिरहेका छन्।  

वरिष्ठ नेता नेपालले पार्टी बर्बाद बनाएको भन्दै संघले बानेश्वरमा बाँदर जुलुस निकालेको हो। उनीहरूले नेता नेपालविरुद्ध चर्का नाराबाजी गरेका थिए। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.