|

एल क्लासिको अन्तरगत रियल मड्रिड लिजेण्ड्सले चीर परिचित प्रतिद्वन्द्वी बार्सिलोना लिजेण्ड्सलाई  पराजित गरेको छ।  इजरायलको ब्लुमफिल्ड रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना ३–२ गोल अन्तरले पराजित भयो।

दुवै टिमबाट आ–आफनो समयमा विश्व फुटबलमा प्रभुत्व जमाएका स्टार खेलाडीहरूको सहभागिता रहेको थियो।  करिब २५ हजार दर्शक सामू भएको उक्त खेलमा विश्वका ठूला क्लब बार्सिलोना र रियल मड्रिडका ‘गोल्डेन एरा’ का खेलाडीहरुहको उपस्थिती रहेको थियो।

खेलको २८ औं मिनेटमा बार्सिलोनाका जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि पेनाल्टी दिइएको थियो। पेनाल्टीमा ब्राजिलियन लेजेण्ड खेलाडी रोनाल्डिन्होले गोल  गर्दा बार्सिलोनाले शुरुवाती अग्रता लिएको थियो।  तर दोश्रो हाफमा रियलले ३ गोल गर्न सफल रहयो। ४२ औ मिनेटमा मुनिटिसले खेल बराबरीमा ल्याए।

अमाभिस्काको प्रहार रिबाउन्ड भएर आएपछि मुनिटिसले जाली चुमाउँदै टिमलाई अग्रता दिलाए। २ मिनेट नबित्दै अल्फन्सोले मड्रिडलाई अग्रता दिलाए। पेनाल्टी एरिया नजिकै सेकेन्ड बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो। खेलको ६० औ मिनेटमा बराबरी गर्‍यो।​

जोफ्रे म्याटुले गरेको प्रहार रियलका गोलरक्षक इकार कार्सिलासले बचाउन सकेनन्। ७० औ मिनेटमा डेल ला रेडले गोल गर्दै मड्रिडलाई जित दिलाए। बार्सिलोनाको लिजेण्ड टिममा मरिएनो, मिक्वेल सोलेर, जोन एन्डोनी, ओस्कर अर्पोन, गाइज्का, जेभियर, डेको, रिभाल्डो र रोनाल्डिन्हो लगायतका खेलाडी थिए। 

रियल मड्रिडको लिजेण्ड टिममा पनि जोर्डी कोडिना, रोबेर्टो कार्लोस, रिभेरा, एन्टोनियो नुनेज, आल्फोन्सो पेरेज, क्याम्पो, लुइस फिगो, फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए। 

बार्सिलोनाको कप्तानी रिभाल्डोले सम्हाल्दा रियललाई रोवर्टो कालोसले नेतृत्व गरेका थिए। दुवै हाफ ४०/४० मिनेटको खेलाइएको थियो।  यसभन्दा अघि २०१७ भएको खेलमा भने बार्सिलोेना लिजेण्ड्स टिमले रियल मड्रिड लिजेण्ड्सलाई ३–२ ले हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.