|

काठमाडौं : वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।  आज विहान सम्पन्न खेलमा पाहुना टोलीले डकवर्थ लेविस नियमअन्तर्गत १ सय ३३ रनको ठूलो अन्तरको जित निकालेको हो।

यससँगै उसले एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ।  पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान एलेक्स क्यारीको ६७ रनको मद्दतले ४९ ओभरमा नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो।

वर्षाले प्रभावित खेलमा घरेलु टिमले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो। 

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले घातक बलिङ गर्दै  ४८ रन दिएर पाँच विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.