|

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। 

निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ। 

यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। 

चीन सरकारसँग नेपाल सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन लागेको हो। यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.