|

काठमाडौं : पछिल्लो समय देशभर थप दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६ सय १६ जनाको कोरोना परीक्षण गरिएको थियो।

२४ घण्टाभित्रमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७५ जना कोरोना मुक्त भएका छन्।

काठमाडौंमा चार सय ८०,भक्तपुरमा ७९ र ललितपुरमा एक सय २८ गरी उपत्यकाभित्र कुल ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.