|

काठमाडौं :  आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इद हर्ष र उत्साहका नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। घण्टाघरस्थित जामे मस्जिदमा जम्मा भएर उनीहरूले नवाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरेका छन्।

मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। बकर इदका अवसरमा उनीहरू नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढ्ने र खुसी साटासाट गर्ने गर्छन्।

बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ। सरकारले बकर इदका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.