|

अर्घाखाँची : अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिंगे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको शीतगंगा १२ सल्लेरीमा बुधबार दिउँसो माथिबाट पहिरो खसेपछि दर्जनौं सवारी साधन रोकिएका छन्।

इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली पहिरो खसेको स्थलमा पुगेको छ। तर, सडक विभागको डोजर आउँदै गरेको र आएपछि मात्रै पहिरो हटाउने काम सुरू हुने घटनास्थल पुगेका प्रहरी सई शालिकराम खनालले बताए।

सडक अवरुद्ध भएपछि  गन्तव्यमा हिँडेका यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। सडकमा पहिरोसहित ठूलो ढुंगा खसेको छ। ढुंगा डोजरले हटाउन सके सडक तत्कालै खुल्ने तर नसकेको खण्डमा सडकको कुनाबाट वैकल्पिक सडक खन्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.