|

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमारले पार्टी उपाध्यक्ष भीम रावललाई भेटेका छन्। 

बुधबार दिउँसो आफू निकट स्थायी कमिटीका सदस्यहरुको बैठकमा नआएपछि रावललाई भेट्न नेता नेपाल रावलको निवास टोखा पुगेका हुन्। दुई नेताबीच पार्टीको आन्तरिक विवाद र सहमतिको प्रयासबारे छलफल भएको नेपालको सचिवालयले जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने विषयमा नेता नेपालसँग विवाद भएपछि रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भने स्वीकृत भएको छैन। 

पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा रावल नेपाल पक्षकै संयोजक थिए। कार्यदलमा गरिएको १० बुँदे सहमतिलाई लिएर पनि नेपाल र रावलबीच विवाद छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.