|

काठमाडौं : नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धता मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धताहरू तय गर्न आह्वान गरेको हो।

बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउन नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘हामीले हिजो जुन प्रवृत्ति विरुद्ध संघर्ष गर्यौं, त्यो कुनैपनि ढंगबाट अब देखिनु हुँदैन। पुनरावृत्ति हुनु हुँदैन।’  प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धताहरू मार्फत अगाडी बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरू सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिबद्धताहरू तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ  र त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै साउन १७ गते स्थायी कमिटी बैठक र साउन २० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।

साउन ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडा र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.