|

काठमाडौं : चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ। बुधबार  दिउँसो  भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 स्थानीय चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए। उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेर बेपत्ता भएका थिए।

प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो। तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृत घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.