|

काठमाडौं :  नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको क्रियाशील सदस्यलाई लिएर भइरहेको चलखेल तथा धाँधलीप्रति आपत्ति जनाउँदै नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

जोशीले विशेषगरी तनहुँ जिल्लामा सक्रिय नेता-कार्यकर्तालाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएको भन्दै नेतृत्वको आलोचना गरेका हुन्।

आउँदो १४ औँ महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र अहिले क्रियाशील सदस्यता छानबिन विवाद चर्किँदै गएको छ। नेता जोशीले पार्टीका निष्ठावान सक्रिय कार्यकर्ताको सहभागिता बन्देज गर्ने नियतसहितको महाधिवेशन हुन लागेको भन्दै निन्दा गरेका छन्।

वक्तव्यमा जारी गर्दै जोशीले भनेका छन्, ‘यस्तो निरर्थक महाधिवेशन आउँछ जान्छ। भुलबस्‌, सम्बन्धित व्यक्तिको मन्जुरी बिना नै जालसाजी गरी नवीकरण गरिएका र झुक्यानमा परी नवीकरण गर्ने साथीहरू पनि यो निरर्थक अधिवेशनमा सहभागी नहुनुहोला। हाम्रो कोही आफ्नो र कोही पराइ छैन। हाम्रा लागि यो अधिवेशनमा सहभागी हुने सबै समान हुन्। सबै साथीहरू निरपेक्ष रहनुहोला।’

उनले तनहुँमा आफ्ना समर्थकलाई पार्टीको स्थानीय तहको अधिवेशनमा सहभागी नहुन अपील गरेका हुन्।

‘नेपाली काङ्ग्रेसको स्थानीय तहको अधिवेशन नजिकिँदै गर्दा तनहुँ जिल्लाका नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका तथा आफ्नो–आफ्नो ठाउँमा पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका क्रियाशील सदस्य साथीहरूले यो अधिवेशनमा सहभागी नहुने निर्णय गर्नुपर्ने परिस्थिति सृजना हुनु पार्टीका इमान्दार कार्यकर्ता एवम्‌ शुभचिन्तकहरूका लागि अत्यन्त दुःखदायी र गम्भीर निर्णय हो,' उनले वक्तव्यमा लेखेका छन्, 'तनहुँमा नेपाली कांग्रेसका प्रतिबद्ध साथीहरूका लागि यो गम्भीर विषय बनेको छ।'

जोशीको आह्वान :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.