|

काठमाडौं : तामाङ चिकित्सक समाज नेपालले कोरोना स्वास्थ्य अभियान अन्तर्गत दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा स्वास्थ्य शिविर सन्चालन गरेको छ।

गाउँपालिका–१ चौघरेस्थित बाघभैरव माविको प्राङ्‍गणमा बुधबार गरिएको स्वास्थ्य शिविरबाट २५४ जनाले सेवा लिएको समाजले जनाएको छ। 

स्वास्थ्य शिविरमा दन्त सेवा, हाडजोर्नी, बालरोग र गर्भवती महिलाको भिडियो एक्स–रे र साधारण स्वास्थ्य जाँचको सेवा दिइएको समाजका अध्यक्ष डा.दिलबहादुर थोकरले जानकारी दिए। 

तामाङ चिकित्सक समाजले यसअघि कोरोना महामारीको बेला गाउँ–गाउँमा पुगेर कोरोना परीक्षण, उपचार सेवा र स्वास्थ्य सामग्री प्रदान गरेको थियो। समाजले तिन महिनाको अवधिमा ६ वटा जिल्लामा ९ वटा स्वास्थ्य शिविर सन्चालन गरिसकेको अध्यक्ष थोकरले जानकारी दिए।

यसैबीच समाजले ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा रहेको लेले प्राथमिक स्वास्थ्य केन्द्रलाई बुधबार साढे २ लाख बढीको स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.