|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै घरमा पनि अपमान सहेर बस्न नसकिने बताएका छन्। 

पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंको चम्पादेबीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी कसरी अघि बढ्छ भनेर पर्खेर हेरिरहेको बताए। 

‘क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अघि बढोस् भन्ने चाहेका छौं, त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’ नेता नेपालले भने, 'यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ। कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर दासत्व मान्न नसकिने उनको भनाइ छ। ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ’ नेपालले भने ।

कम्युनिष्ट पार्टीमा नीति र विचार प्रधान हुने तर नेता प्रधान नहुने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.