|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्। 

केन्द्रीय कमिटीको जारी बैठकले २२ सांसदलाई सर्वोच्चको आदेश आकर्षित नहुने गरी बुधबार स्पष्टीकरण मागेको थियो। गुटगत गतिविधि गरेको र विपक्षी गठबन्धनलाई सघाएको विषयमा सांसदहरुसँग जवाफ माग गरिएको छ। 

२४ घण्टे स्पष्टीकरण मागिएपछि अहिले जवाफ दिनका लागि नेपाल पक्ष छलफलमा जुटेको छ। ‘हामी छलफलमा छौं, स्पष्टीकरणको जवाफ दिन्छौं’ सांसद पार्वती बिशुन्केले थाहाखबरसँग भनिन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.