|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ।

बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि पार्टी अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्न अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेहरुलाई विगतका गल्तिहरुलाई बिर्सेर स्वागत गर्न सकिने बताए। ‘पार्टीको एकतालाई कायम राख्नको निम्ति भइरहेको प्रयासका बारेमा हामीले छलफल गरेका छौं’ ज्ञवालीले भने,‘यो प्रयासलाई अँझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीका सबै साथीहरुलाई समेट्ने मामलामा अधिकतम् प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ।’

एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएकाहरुलाई कमी, कमजोरी सच्याएर आउन अपिल गर्दै बैठक सकिएको उनले बताए।

सोमबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ। बैठकमा पार्टी अध्यक्ष ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित हुन निर्देशन दिए। जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्न पनि अध्यक्ष ओलीले निर्देशन दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.