|

जनकपुरधाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि तयारीमा जुटेका उपसभापति विमलेन्द्र निधीलाई गृह क्षेत्रमा भव्य स्वागत गरिएको छ।

महोत्तरीमा नवनिर्मित कांग्रेसको जिल्ला पार्टी कार्यालयको उदघाटन गर्न बर्दिबास हुँदै जलेश्वर पुगेका निधीको बर्दिबासमा भव्य स्वागत गरिएको हो। सयौं चारपाँग्रे गाडीसहित नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

बर्दिबासदेखि जलेश्वर सम्म महोत्तरीको विभिन्न नगरपालिकामा उनका समर्थकहरुले स्वागत गरेका छन्। यस्तै निधीले मुलुक संकटमा परेको बेला कांग्रेसले जिम्मेवारीपूर्वक ढंगले पार लगाउने काम गर्दै आएको बताएका छन्।

देशमा देखिएको कुनै पनि तानाशाह र प्रतिगमनलाई कांग्रेसले अहिले सम्म पछार्दै आएको उनको भनाइ थियो। महेश्वर प्रसाद सिंह स्मृतिभवन तथा महोत्तरी कांग्रेसको जिल्ला पार्टी कार्यालयको उदघाटन तथा शालिक अनावरण समारोहका निधीले देशमा विकास, समृद्धि र आर्थिक समुन्नतिको अभिभारा कांग्रेसको काँधमा रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.