|

काठमाडौं : कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको नयाँ योजना चीनले अस्वीकार गरेको छ।

डब्ल्युएचओले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने सम्भावनालाई खुला राखेर अध्ययनको योजना बनाएको थियो। डब्ल्युएचओका प्रमुख डा टेड्रोस अदानोम गेब्रियेससले महामारीको शुरुवाती चरणको जाँचलाई लिएर शर्तसहितको थप सहयोगको प्रस्ताव गरेका थिए। 

यसअघि उनले चीनबाट कोरोना भाइरसको सुरुवाती संक्रमण बारे तथ्यांक नपाउँदा अध्ययन प्रभावित भएको बताएका थिए। चीनले गोपनीयतालाई ध्यानमा राखी केही तथ्यांक पूरै साझा गर्न नमिल्ने बताउने गरेको छ। 

चीनका स्वास्थ्य उपमन्त्री जेङ यिक्सिनले डब्ल्यूएचओको प्रस्ताव पूरै राजनीतिक भन्दै थप अनुसन्धान गर्ने योजना अस्वीकार गरेको बताए। गत जनवरीमा डब्लुएचओले पहिलो पटक कोरोना भाइरस पत्ता लागेको वुहानमा विशेषज्ञको एक टोली पठाएको थियो। टोलीले प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको आशंका निकै कम रहेको निष्कर्ष निकालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.